Welcome to Binod's Creation
Sunday, April 11, 2010
Wednesday, April 7, 2010
Wednesday, February 10, 2010
Nepali National Anthem
Nepali National Anthem by Byaqul Maila (प्रदीपकुमार राई/व्याकुल माइला)
सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची महाकाली ।
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल ।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यो गान नै २०६४ वैशाखमा राष्ट्रिय गानका रुपमा छानिएको छ । राईबाहेक हरिहर तिमिल्सिनाको लेखन दोस्रा र रामप्रसाद ज्ञवालीको लेखन तेस्रो भएका थिए । ती राष्ट्रिय गीत यस्ता छन्-
दोस्रो गीत
नेपाल हौ आमा तिमी, हामी छोराछोरी
रंगरूप, जातधर्म, भाषा थरीथरी
कोही बस्छौं फेदीतिर कोही टाकुरामा
श्रमशक्ति फुलिदिन्छ हाम्रा पाखुरामा
बुद्ध हाम्रो मुटु बनोस् सगरमाथा शिर
चन्द्रसूर्य ध्वजा बोकी बढ्छौं लक्षतिर
दुखसुख साझा हाम्रा बाँच्ने साझा धर्ती
एकअर्को नेपालीमा गाँसी मायाप्रीति
हातमाथि हात दिन्छौं मुठ्ठीमाथि मुठ्ठी
एकताको सुगन्धमै फुल्छ हाम्रो मट्टी ।
- हरिहर तिमिल्सिना
तेस्रो गीत
मेची-काली झंकृत पारी गुन्जिरहेको जागृति गान
जनजनको मन गर्दछ नूतन, छर्दछ जीवन, भर्दछ सान
स्वतन्त्रताले राष्ट्रियताले सम्प्रभुताले गर्वित भाल
जय होस् मेरो जीवनमाली गौरवशाली देश नेपाल
हिमगिरिदेखि पर्वतबेंसीसम्म तराई पौरख गान
धर्म र जाति संस्कृतिमाथि दृष्टि भएको एक समान
प्राकृतताले उच्च कलाले शोभित, सुन्दर शान्त विशाल
जय होस् मेरो जीवनमाली गौरवशाली देश नेपाल
- रामप्रसाद ज्ञवाली

Subscribe to:
Posts (Atom)